संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री हितबहादुर तामाङले नेपालमा बोलिने सबै भाषा, साहित्य, संस्कृति र सामाजिक शास्त्र दर्शनको संरक्षण, संवद्र्धन र विकासमा सरकार प्रतिवद्ध रहेको बताउनुभएको छ ।
आईतवार काठमाडौंमा ललितकला प्रज्ञा प्रतिष्ठानको कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले अहिले विश्वव्यापी रुपमा देखापरेको आर्थिक संकटबाट नेपाल पनि प्रभावित रहेको बताउनु भयो । उहाँले आर्थिक संकटका कारण चाहना हुँदाहुँदै पनि सरकारका तर्फबाट पर्याप्त बजेटको व्यवस्था गर्न कठिन भइरहेको उल्लेख गर्नुभयो । उहाँले नेपाल प्रज्ञा प्रतिष्ठानमार्फत भाषा, साहित्य, संस्कृति, दर्शनको विकासका लागि नेपाल सरकारको तर्फबाट गर्नसक्ने अधिकतम सहयोग गर्न बजेटको व्यवस्था गर्ने प्रयास गरिएको बताउनु भयो । प्रज्ञा प्रतिष्ठानको तर्फबाट सरकार समक्ष नयाँ र सिर्जनात्मक प्रश्ताव नआएका कारण नेपाल प्रज्ञा प्रतिष्ठानको वर्तमान नेतृत्वले नेपालको मौखिक इतिहासको खोजि गर्ने, नेपालमा बोलिने मातृभाषाको संरक्षण र संवद्र्धनमा जोड दिने, बाल साहित्यको विकास गर्ने काम भइरहेको प्रति खुशी प्रकट गर्नुभयो ।
उहाँले भन्नुभयो, ‘नेपाल सरकार नेपालमा बोलिने सबै भाषा, साहित्य, संस्कृति, सामाजिक शास्त्र दर्शनको संरक्षण, संवद्र्धन र विकासमा सचेत र प्रतिवद्ध छ । अहिले विश्वव्यापी रुपमा देखापरेको आर्थिक संकटबाट हामी पनि प्रभावित छौँ । त्यसैले चाहना हुँदाहुँदै पनि सरकारका तर्फबाट पर्याप्त बजेटको व्यवस्था गर्न हामीलाई गाह्रो भएको छ । र पनि नेपाल प्रज्ञा प्रतिष्ठानमार्फत भाषा, साहित्य, संस्कृति, दर्शनको विकासका लागि नेपाल सरकारको तर्फबाट गर्नसक्ने अधिकतम सहयोग गर्न बजेटको व्यवस्था गर्ने प्रयास गरिएको छ । प्रज्ञा प्रतिष्ठानको तर्फबाट सरकार समक्ष नयाँ र सिर्जनात्मक प्रश्ताव नआएका कारण नेपाल प्रज्ञा प्रतिष्ठानको वर्तमान नेतृत्वले नेपालको मौखिक इतिहासको खोजि गर्ने, नेपालमा बोलिने मातृभाषाको संरक्षण र संवद्र्धनमा जोड दिने, बाल साहित्यको विकास गर्ने, सात वटै प्रदेशको भौगोलिक, सांस्कृतिक, ऐतिहासिक, धार्मिक, भाषिक, साहित्यिक विषयको खोज, अन्वेषण गरी दिग्दर्शन प्रकाशन गर्ने ।’
मन्त्री तामाङले सात वटै प्रदेशको भौगोलिक, सांस्कृतिक, ऐतिहासिक, धार्मिक, भाषिक, साहित्यिक विषयको खोज, अन्वेषण गरी दिग्दर्शन प्रकाशनका लागि सरकारको तर्फबाट पूर्ण समहर्थन रहने बताउनु भयो । —न्युज एजेन्सी नेपाल