१९ औं एशिया सहयोग संवाद (एसीडी) मन्त्रीस्तरीय बैठक सम्पन्न

.

एशिया सहयोग संवादका सदस्य राष्ट्रका विदेशमन्त्रीहरुको इरानमा भेटवार्ता भएको छ । इरानको राजधानी तेहरानमा १९ औं एशिया सहयोग संवाद (एसीडी) मन्त्रीस्तरीय बैठक सम्पन्न भएको हो । बैठकमा एशियाली राष्ट्रका विदेशमन्त्री र प्रतिनिधिका साथै नौ अन्तर्राष्ट्रिय संस्थाका महासचिवसहित ४१ विदेशी प्रतिनिधिमण्डलको सहभागिता रहेको इरानको आईआरआईबी समाचार एजेन्सीले जनाएको छ । बैठकलाई सन्देश दिँदै इरानका अन्तरिम राष्ट्रपति मोहम्मद मोख्बरले बैठकको आयोजना एसियाली राष्ट्रहरूबीच थप ऐक्यवद्धतातर्फ अर्को पाइला हुने बताउनु भयो । उहाँले एशियाको विकासलाई अगाडि बढाउन प्रभावकारी बहुपक्षीय संयन्त्रको प्रयोग र अन्तर–समूह सम्बन्ध अभिवृद्धि गर्नु निकै महत्वपूर्ण रहेको र यसका विभिन्न रणनीतिक आयाम रहेकोमा जोड दिनुभयो । इरानको विदेश नीतिमा एशियाली मुलुकको विशेष र उत्कृष्ट स्थान रहेको उल्लेख गर्दै विश्वका अन्य देशहरूसँग सन्तुलित सम्बन्ध कायम राख्ने प्रयासमा इरानले एशियाली राष्ट्रहरूसँगको सम्बन्धलाई सदैव बलियो बनाउन ध्यान दिएको मोख्बरले बताउनु भयो ।
सिन्ह्वाको सहयोगमा न्युज एजेन्सी नेपालले तयार पारेको समाचार सामग्री ।