प्रतिनिधि सभाबाट अभिलेख संरक्षण(पहिलो संशोधन) विधेयक, २०८१ पारित

.

प्रतिनिधि सभाले अभिलेख संरक्षण(पहिलो संशोधन) विधेयक, २०८१ पारित गरेको छ ।

बिहीबार बसेको प्रतिनिधि सभा बैठकले अभिलेख संरक्षण(पहिलो संशोधन) विधेयक, २०८१ लाई पारित गरेको हो । सभामुख देवराज घिमिरेले संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री हितबहादुर तामाङले अभिलेख संरक्षण(पहिलो संशोधन) विधेयक, २०८१ लाई पारित गरियोस् भनि राखेको प्रश्ताव सर्वसम्मतिले पारित भएको घोषणा गर्नुभयो ।
प्रतिनिधि सभाको अर्को बैठक असार १४ गते शुक्रबार(भोलि) बिहान ११ बजे बस्नेगरी बोलाइएको छ । —न्युज एजेन्सी नेपाल