आहा ! कति मनमोहन ग्रीन हिमालयन फार्म स्टे ! जाने होइन त घुम्न ?(फोटोफिचर)

.

तनहुँ – जिल्लाको भानु नगरपालिका वडा नम्बर ९ मा परम्परागत र आधुनिक शैलीलाई संमिश्रण गरेर ग्रीन हिमालयन फार्म स्टे संचालनमा आएको छ ।

केही वर्ष अघिदेखी नै होम स्टेका रुपमा रहेको फार्म हाउसमा विभिन्न संरचना थपिएपछी अहिले पूर्ण रुपले संचालनमा आएको हो। फार्मकी संचालक गीता अधिकारी पाण्डेका अनुसार फार्म ७५ रोपनीमा फैलिएको छ । फार्मलाई व्यवस्थित बनाउन २ करोड रुपैयाँ खर्चको भएको उनको भनाइ छ । काठमाडौंबाट १५० किलोमिटर दुरीमा रहेको फार्म स्टे ग्रामीण पर्यटन प्रवर्द्धन गर्ने उदेश्यका साथ सुरु गरिएको हो । फार्म स्टेमा परम्परागत घरलाई सिंगार गरि चिटिक्क बनाईएको छ । गोलो आकारको एक तल्ले मगर घर धेरैको आकर्षणमा पर्ने संरचना हो । त्यस्तै लिचिको बोटमूनी ट्रे हाउस छ । एकान्तप्रेमीलाई यो घर उपयोगी हुनसक्छ। यता सुविधा सम्पन्न घर खोज्नेलाई आधुनिक घर पनि निर्माण गरिएको छ । होम स्टेको सबै भन्दा आकर्षक र उत्कृष्ट दृष्य भने ब्यारल घर हो । जहाँ नेपाल मै पहिलो पटक व्यावसायिक रुपमा नयाँ शैलीको घर निर्माण भएको छ । त्यस्तै स्टे हाउसले आफ्नै बारीमा फलेका मात्रै खानेकुरा खुवाउने प्रण गरेको छ । ‘हामीले बाहिरबाट किन्नै पर्ने नुन, चिनी बाहेक अन्य सामाग्री यही फार्ममा उत्पादन गर्छौ’, फार्म संचालक पाण्डे भन्छिन,’यहाँ कृषि उत्पादन र पशु पालन गरेर अतिथीलाई स्वच्छ खाना खुवाउने गरेका छौ।’