दिल्ली विमानस्थलको छत खस्दा एक जनाको मृत्यु

.

नयाँ दिल्लीको एयरपोर्टमा छतको एक भाग भत्किँदा एक जनाको मृत्यु भएको छ । अन्य केही घाइते भएका छन् । अविरल वर्षाका बीच विमानस्थलको टर्मिनल–१ को छतमा विभिन्न ठाउँबाट पानी चुहिएर दुर्घटना भएको हो । फसेकाहरूलाई बाहिर निकालेर स्थानीय अस्पतालमा भर्ना गरिएको छ । भारी वर्षाको बीचमा घटनापछि, विमानस्थलमा सबै सञ्चालनहरू केही समयसम्म अस्थायी रूपमा स्थगित गरिएको थियो ।
सिन्ह्वाको सहयोगमा न्युज एजेन्सी नेपालले तयार पारेको समाचार सामग्री ।