टर्किएलाई मनी लान्ड्रिङ ग्रे लिस्टबाट हटाइयो

.

विश्वव्यापी वित्तीय अपराध पर्यवेक्षक फाइनान्सियल एक्शन टास्क फोर्सले टर्किएलाई विशेष छानबिन आवश्यक पर्ने देशहरूको ग्रे लिस्टबाट हटाएको छ । सही दिशामा उठाइएका कदमहरूको परिणाम स्वरूप टर्किएलाई ग्रे लिस्टबाट हटाइएको बताइएको छ । नतिजाले देशको वित्तीय प्रणालीमा थप विश्वास बढाउने र यसको आर्थिक कार्यक्रमको उद्देश्यहरू प्राप्त गर्न टर्कीको प्रयासलाई समर्थन गर्ने बताइएको छ । यसका लागि आर्थिक अपराध अनुसन्धान बोर्ड र अन्य सम्बन्धित निकायको प्रशासनिक तथा प्राविधिक क्षमतालाई थप अभिवृद्धि गरी आवश्यक कानूनी तथा प्रशासनिक नियमावलीलाई तत्काल कार्यान्वयन गरिने मन्त्रालयले जोड दिएको छ । सन् २०२१ मा देशमा मनी लान्ड्रिङ र आतंककारी वित्तपोषणमा भाग लिएको भन्दै टर्किएलाइर्् ग्रे लिस्टमा राखिएको थियो ।
सिन्ह्वाको सहयोगमा न्युज एजेन्सी नेपालले तयार पारेको समाचार सामग्री ।