प्रधानमन्त्री—ओली र रविबीच सिंहदरबारमा भेटवार्ता

.

प्रधानमन्त्री पुष्पकमल दाहाल र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच सिंहदरबारमा भेटवार्ता भएको छ ।

आईतवार सत्तारुढ दुई दलका नेताहरुबीच प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय सिंहदरबारमा भेटवार्ता भएको हो । भेटवार्तामा समसामयिक राजनीतिक विषयमा छलफल भएको बताइएको छ । शनिवार नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा पुगेर नेपाल्ी काँग्रेसका सभापति शेरबहादुर देउवाले भेट्नुभएको विषयमा पनि सामान्य कुराकानी भएको बताइएको छ । शनिवार सभापति देउवा र ओलीबीच बालकोटमा भेटवार्ता भएको थियो । जसकारण पनि सत्ता समीकरणमा फेरबदल हुन लागेको आशंका गरिएको छ । तर अध्यक्ष ओली अस्वस्थ भएका कारण देउवा भेटघाटका लागि जानुभएको बताइएको छ । प्रधानमन्त्री दाहालसँग भेट गरेपछि अध्यक्ष ओलीले भेटवार्ता भइरहने बताउनु भयो । प्रधानमन्त्री र अध्यक्ष ओलीको भेटका क्रममा जोडिनुभएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले पनि नियमित प्रक्रिया भएको प्रतिक्रिया दिनुभयो । —न्युज एजेन्सी नेपाल