शक्ति र सत्ताको दुरुपयोग गरेर बजेट विनियोजन भयोः सांसद रोकाय

.

राष्ट्रिय सभामा नेपाली काँग्रेसका सांसद कृष्णबहादुर रोकायले विनियोजन विधेयकका शिर्षक मापदण्ड, सिद्धान्त र प्राथमिकताको विपरित रहेको बताउनुभएको छ ।

सोमवारको राष्ट्रिय सभा बैठकमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले बजेट मन्त्रीहरुले आफूखुशी ल्याएको बताउनु भयो । उहाँले बजेटको मूल्य मान्यतामा नै त्रुटी भएको बतउनु भयो । उहाँले मन्त्रीहरुले आफ्नो आफ्नो मन्त्रालयमा प्राप्त बजेटको अधिकांश हिस्सा आफ्नै जिल्ला, निर्वाचन क्षेत्रमा लैजाने कुराले ज्यादा अपरिपक्व, गैरजिम्मेवार, दुरुपयोग गरेको पुष्टि भएको बताउनु भयो । उहाँले बजेट विनियोजन शक्ति र सत्ताको दुरुपयोग गरेर ल्याएको बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘आर्थिक वर्ष २०८१÷०८२ का बजेटका सिद्धान्त र प्राथमिकतालाई टेकेर सोका आधारमा यो बजेट आयो की आएन भन्नेकुरा मुख्य हो । बजेट निर्माण गर्दा कुनै न कुनै मापदण्डमा टेकेर निर्माण गरिन्छ । तर अहिलेका विनियोजनका विभिन्न शिर्षक हेर्दा बिना मापदण्ड, सिद्धान्त र प्राथमिकताको विपरित मन्त्रीहरुले आफूखुशी बजेट ल्याएको देखियो । यो बजेटलाई समग्रतामा हेर्दा मूल्य मान्यतामा नै त्रुटी देखियो । मन्त्रीहरुले आफ्नो आफ्नो मन्त्रालयमा प्राप्त बजेटको अधिकांश हिस्सा आफ्नै जिल्ला, निर्वाचन क्षेत्रमा लैजाने कुराले ज्यादा अपरिपक्व, गैरजिम्मेवार, दुरुपयोग गरेको पुष्टि भएको छ । यो शक्ति र सत्ताको ठाडो दुरुपयोग हो । बजेटको मुल मान्यतामा नै गम्भीर त्रुटी देखियो ।’
सांसद रोकायले बजेट मन्त्रालयगत विनियोजनमा गैरजिम्मेवार र लज्जस्पद स्थिति देखिएको बताउनु भयो । —न्युज एजेन्सी नेपाल