संविधान संशोधनको विषयमा सार्वजनिक रुपमा वहस गर्नुपर्छः सांसद झा

.

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाले संविधान संशोधनको विषयमा सार्वजनिक रुपमा वहस गर्नुपर्ने बताउनुभएको छ ।

आईतवार प्रतिनिधि सभा बैठकपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै सांसद झाले संविधान संशोधनका बुँदाहरुका बारेमा सार्वजनिक रुपमा वहश गर्नुपर्ने बताउनुभएको हो । उहाँले दुई पार्टीका दुईजना वृद्ध नेताले व्यापारिको घरमा बसेर गरेको सहमती देशले स्वीर्कानुपर्छ भन्ने नरहेको बताउनु भयो । उहाँले संविधान संशोधनले आगामी पुस्ताको जीवनमा समेत प्रभाव पार्ने भन्दै यो विषयमा सर्वपक्षिय वहश हुनुपर्ने बताउनु भयो । उहाँले दुई जना वृद्धले गरेको हस्ताक्षरलाई सबैले मान्नुपर्ने नरहेको बताउनु भयो ।
उहाँले भन्नुभयो – ‘संविधान संशोधनमा के–के बुँदा छ भनेर उहाँहरुले सार्वजनिक गर्नुप¥यो । सार्वजनिक गरेपछि त्यसलाई सार्वजनिक रुपमा वहश पनि गर्नुप¥यो । दुईवटा पार्टी र दुईवटा वृद्ध कुनै व्यापारीको कोठामा बसेर गरेको सहमतीलाई देशले स्वीकार्नुपर्छ भन्ने छैन नि । सार्वजनिक रुपमा बहश हुनुप¥यो । किनकी त्यसको प्रभाव त तपाईको जिन्दगीमा पनि पर्छ । तपाईको आउने सन्तानको जिन्दगीमा पनि पर्छ । कुनै एउटा प्रायोजित व्यापारीको लाजिम्पाटको घरमा मध्यरातमा दुईवटा वृद्ध गएर हस्ताक्षर गरे भनेपछि सबैले मानिदिनु पर्छ भन्ने हुँदैन । सार्वजनिक रुपमा सर्वपक्षिय बहश हुनुपर्छ त्यसको ।’ 
सांसद झाले जनतालाई ‘डेलिभरी’ दिन सकेमा काँग्रेस–एमाले समिकरणले निरन्तरता पाउने र नसकेमा अर्कोले पालो पाउने भन्दै यसमा आफूहरु दुःखि नभएको बताउनु भयो । —न्युज एजेन्सी नेपाल