संसद् भवन अगाडि ‘बम’ जस्तो देखिने शंकास्पद वस्तु फेला

.

काठमाडौं – नयाँ बानेश्वरस्थित संसद भवन अगाडिको मुख्य सडकमा शंकास्पद वस्तु भेटिएको छ ।

 

 

काठमाडौं प्रहरी परिसरका अनुसार संसद भवन अगाडि बम जस्तो देखिने शंकास्पद रुपमा छाडिएको कुकर भेटिएकाे हाे । उक्त शंकास्पद वस्तुमा ‘नो एमसीसी’ लेखिएको छ । हाल नेपाल प्रहरी र सशस्त्र प्रहरीले वरिपरि सिल गरेर निष्क्रिय पार्ने तयारी गरिरहेको छ ।

 

 

एमसीसी अनुमोदनको विरोधमा नेत्रविक्रम चन्द नेतृत्वको नेकपा लगायतका ६ कम्युनिस्ट दलले आज नेपाल बन्दको आव्हन गरेका छन् । सीसीटिभी फुटेजका आधारमा उक्त शंकास्पद बस्तु कसले राख्यो भन्ने विषयमा अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।