काठमाडौं – नयाँ बानेश्वरस्थित संसद भवन अगाडिको मुख्य सडकमा भेटिएको शंकास्पद वस्तु डिस्पोज गरिएको छ ।
साेमबार अपरान्ह संसद भवन अगाडि कुकर बम जस्तो देखिने शंकास्पद वस्तु नेपाली सेनाको बम डिस्पोजल टोलीले डिस्पोज गरेको हो । सो क्रममा कुकरभित्र खाली कागज र प्लाष्टिक भेटिएको सेनाले जनाएको छ । उक्त कुकर बाहिर ‘नो एमसीसी’ लेखिएको थियाे ।
एमसीसी अनुमोदनको विरोधमा नेत्रविक्रम चन्द नेतृत्वको नेकपा लगायतका ६ कम्युनिस्ट दलले आज नेपाल बन्दको आव्हन गरेका छन् । सीसीटिभी फुटेजका आधारमा उक्त शंकास्पद बस्तु कसले राख्यो भन्ने विषयमा अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।