नेपाली कांग्रेस धरान उपमहानगर समिति १३७ सदस्यिय ३३ सदस्य मनोनित, ३० सदस्यिय सल्लाहकार समिति

.

धरान-नेपाली कांग्रेस धरान उपमहानगर समिति कुल १३७ सदस्यिय भएको छ ।

 

पार्टीको निर्वाचन पछि बसेको पहिलो विस्तारित पूर्ण बैठकले विधान बमोजिम मनोनित सदस्य र सल्लाहकार समिति थप गर्दा संख्या बढेको हो । कांग्रेसका पूर्व नगर सभापति किशोर राई विशिष्ठ नगर सदस्यमा मनोनित भएको छन् ।

 

उनी गएको पार्टी निर्वाचनमा सभापति श्याम पोख्रेल संग पराजित भएका थिए । धरान किचनमा सोमवार बसेको पार्टीको दोश्रो पूर्ण बैठकमा मनोनित सदस्यहरु तथा सल्लाहकार सदस्यहरुलाई मनोनयन गरिएको औपचारीक पत्र प्रदान गरिएको छ ।

 

नयाँ मनोनित नगर समिति सदस्यहरुको संख्या ३३ छन् भने सल्लाहकार समितिमा ३० जना छन् ।

 

साथै पार्टीले १८ वटा विभाग गठन गरी आजै विभागीय संयोजकहरुलाई औपचारिक पत्र पनि प्रदान गरेको छ । सोही अवसरमा कोषाध्यक्ष पञ्चकला राईलाई निवर्तमान कोषाध्यक्ष सुवर्ण श्रेष्ठलो हिसाब किताब खातापाता हस्तान्तरण गरेका छन् ।

 

कांग्रेसको उपमहानगर समितिमा मनोनित सदस्यहरुमा योगन्द्र प्रकाश लिम्बु, शुसिल अग्रवाल, मिनकुमार श्रेष्ठ, नरेन्द्र राई, मनोहर शाक्य, दिनेश सिंगक, प्रदिप श्रेष्ठ, राम विष्ट, गणेश कार्की, बसन्त राई, निश्चल मोहन पलिखे, दिपेन्द्र थपलिया, नवराज श्रेष्ठ, अनिता राई, कृष्ण राई, सूर्य लिम्बु, उद्धव अधिकारी, धनबहादुर हमाल, विकास राई, शंकर पाण्डे, मुकेश घिमिरे, ऐनबहादुर तामाङ, राजु रोक्का, हरि राई, रन्जित श्रेष्ठ , दिपक आचार्य, राजिन भुजेल, बलबहादुर तामाङ, अमृत मानन्धर र शुष्मा लावती चन्द्रकुमारी राई आमन्त्रित सदस्यरहेका छन् ।

 

सल्लाहकार समितिमा मनोनित सल्लाहकारहरुमा गिरिराज आचार्य, भिष्म काफ्ले, आनन्द आचार्य, हेमलाल सुब्बा, हर्ष सुब्बा, भैरवमान श्रेष्ठ, गोविन्द दर्नाल, पदम लिम्बु, तिलक सुनुवार, महेश मोहन पलिखे, प्राडा.गोपालप्रसाद भण्डारी, पूर्ण सुवेदी, हिरा उदास, प्राध्यापकहरु जीवन राई, विशाल श्रेष्ठ, गंगा चौलागाई, बद्रि तामाङ, समर बमजन, उर्मिला श्रेष्ठ, इन्द्रमोहन झा, अरुण कटुवाल, सुरज श्रेष्ठ, हेमन्त लिम्बु, रुपम लामा, बासुदेव बराल, शंकरदास राई, सरस्वती ढकाल र निरकुमार राई रहेका छन् ।

 

पार्टीका विभागीय संयोजकहरुमा सभापति श्याम पोखरेल अन्तर पार्टी समन्वय विभाग, नरेन्द्रकुमार राई (प्रविण) संगठन विभाग, सन्तोष लिम्बु अव्यवस्थित बसोबास, जितेन्द्र राई प्रवक्ता तथा प्रचार प्रसार, हिमाल श्रेष्ठ भातृ संघसंस्था समन्वय, शिला बज्राचार्य महिला विभाग, युनेश रानाा मगर स्थानिय निकाय समन्वय, पञ्चकला राई आर्थिक विभाग, अमृत मानन्धर संघसंस्था समन्वय, निश्चल मोहन पलिखे स्वास्थ्य तथा विपद समन्वय विभाग, लोकनाथ सुवेदी शुभेच्छुक संघसंस्था समन्वय, भेषराज निरौला पेशागत संघसंस्था समन्वय, तुलसीप्रसाद श्रेष्ठ बुद्धिजीवि समन्वय विभाग, अशोककुमार राई खेलकुद विभाग, पुरुषोत्तम चापागाई सुरक्षा समन्वय, भेषराज उप्रेत (सुदिप) कला तथा सांस्कृतिक समन्वय, मेहरमान ह्युज धार्मिक संघसंस्था समन्वय, आइतबहादुर लिम्बु बन तथा वातावरण विभाग रहेका छन् ।

 

दीपेन्द्र श्रेष्ठ , धरान