सेनेगलको उत्तरपश्चिमी क्षेत्र लुगामा भएको सडक दुर्घटनामा कुल ११ जनाको मृत्यु भएको छ । साथै नौ जना घाइते भएका छन् । स्थानीय समय अनुसार बिहान करिव १० बजे ट्रक र मिनीबस एक आपसमा ठोक्किँदा केबेमेर विभाग, लुगा क्षेत्रको एपीएसका अनुसार दुर्घटना भएको हो । दुर्घटनाको वास्तविक कारण पत्ता लगाउन अनुसन्धान भइरहेको प्रतिवेदनले जनाएको छ ।
सिन्ह्वाको सहयोगमा न्युज एजेन्सी नेपालले तयार पारेको समाचार सामग्री ।
सेनेगलमा सडक दुर्घटनाः ११ को मृत्यु
