कश्मिरी बजारको चुरापोते (फोटोफिचर)

.

काठमाडौंको इन्द्र चोकमा एउटा छुट्टै बजार छ । यो बजारलाई कश्मिरी बजार भनिन्छ । यो बजार सानो क्षेत्रफलमा भएपनि यसको व्यापार र ग्राहकको आवागमन विशेष छ । अझ साउनमा त झनै विशेष छ । खासमा यो महिलाले लगाउने चुरापोतेको बजार हो । जसलाई कश्मिरी बजार पनि भनिन्छ । न्युज एजेन्सी नेपालका फोटो पत्रकार त्यस क्षेत्रमा पुग्दा बजार पसलहरुमा ग्राहकको भीड देखिएको थियो । हरेक वर्ष साउनदेखि असोजसम्म र विवाहको सिजनमा यो बजार गुल्जार हुन्छ । हेराँै यो बजारको केही तस्बिरहरु ।
नोटः तस्बिरमा आफ्नो संस्थाको लोगो र प्राप्त श्रोत उल्लेख गरेर मात्रै प्रकाशन गर्नुहोला ।