विद्युत प्राधिकरणसँग लेखा समितिले माग्यो (टीओडी) मिटरको तथ्यांक

.

सार्वजनिक लेखा समितिले नेपाल विद्युत प्राधिकरणसँग टाइम्स अफ डे (टीओडी) मिटरको तथ्यांक मागेको छ ।

प्रतिनिधिसभा अन्तर्गतको सार्वजनिक लेखा समितिको शुक्रवारको वैठकपछि प्राधिकरणसँग टीओडी मिटरको डेटा माग्ने निर्णय गरेको हो । समिति सभापति ऋषिकेश पोखरेलले टीओडी मिटरको प्रष्टता के हो प्राधिकरणसँग माग गर्ने बताउनु भयो । उहाँले प्राविधिक भएपनि समितिले सधैँ सिद्धान्तमा मात्रै छलफल गरेको बताउनु भयो । उहाँले समितिसँग उपलब्ध भएका सम्पूर्ण तथ्य र प्रमाणहरुसहित तयारी गर्ने बताउनु भयो । उहाँले तीन दिनभित्र सांसदहरुसँग भएका प्रमाणहरु सचिवालयमा उपलब्ध गराउन निर्देशन दिनुभयो । उहाँले सबै तथ्य,प्रमाण र कानूनका आधारमा सचिवालयले पाँच दिनभित्र प्रतिवेदन तयार गर्ने निर्देशन दिनुभयो ।

समितिसँग भएका तथ्य,प्रमाण र कानूनका आधारमा आधारमा ५ दिनमा प्रतिवेदन तयार पारी अर्को वैठकमा उद्योगी र प्राधिकरणबीच विवाद सुल्झाउने निर्णय गरिने बताउनु भयो । —न्युज एजेन्सी नेपाल