रास्वपाको राष्ट्रिय महाधिवेशन वैशाख तेस्रो साता गर्ने प्रश्ताव

.

रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी वैशाख तेस्रो साता पार्टीको महाधिवेशन गर्ने प्रश्ताव गरिएको छ ।

शनिवार सम्पन्न पार्टीको बन्द कार्यशालाले पार्टीको महाधिवेशन गर्नेगरी मिति समेत तय गर्नेगरी पार्टीको कन्द्रिय समितिलाई सो सुझाव दिएको हो । त्यसैगरी बैठकले पार्टीको राष्ट्रिय भेला आगामी असोज ३ र ४ गते आयोजना गर्ने निर्णय पनि गरेको छ । विधान संशोधन सुझाव कार्य दलको प्रतिवेदन भदौ मसान्त भित्र तयार गरी केन्द्रिय समितिमार्फत राष्ट्रिय भेलामा पेश गर्ने निर्णय पनि गरिएको पार्टीका कार्यबहाक महामन्त्री कविन्द्र बुर्लाकोटीले जानकारी दिनुभयो । पार्टीको अर्थ राजनीतिक (जलेश्वर) प्रश्तावनाको व्याख्या गरी पार्टीको बाचापत्र लगायत अन्य दस्तावेजका आधारमा केन्द्र, प्रदेश र जिल्लामा प्रशिक्षण गर्ने, शासकीय स्वरुपका विषयमा पार्टीभित्र व्यापक छलफल गरी संविधान संशोधन समेतको कुरालाई मध्यनजर राखी पार्टीको अवधारणा तयार गर्ने पनि बैठकमा सहमती भएको छ । संसदको कामकारबाहीलाई प्रभावकारी बनाउन रास्वपाले  जन आवाज अभियान समिति गठन पनि गर्ने भएको छ ।
कार्यबहाक महामन्त्री बुर्लाकोटीले भन्नुभयो, ‘कार्यशालाले उल्लेखित पक्षहरुमा देहायका कदम चाल्नुपर्ने सुझावहरू केन्द्रिय समितिलाई दिएको छ–राष्ट्रिय भेला मिति २०८१ असोज ३ र ४ गते आयोजना गर्ने । राष्ट्रिय महाधिवेशन मिति २०८२ वैशाख तेश्रो सातामा गर्ने । विधान संशोधन सुझाव कार्यदलको प्रतिवेदन भदौ मसान्तभित्र तयार गरी केन्द्रीय समितिमार्फत राष्ट्रिय भेलामा पेश गर्ने । जिल्ला संयोजक तथा उपसंयोजक र निर्वाचन क्षेत्र समितिको संलग्नतामा जिल्ला बेला मार्फत् विल्ला तदर्थ समिति गठन गर्ने। पार्टीको अर्थ राजनीतिक (जलेश्वर) प्रस्तावनाको व्याख्या गरी पार्टीको बाचापत्र लगायत अन्य दस्तावेजका आधारमा केन्द्र, प्रदेश र जिल्लामा प्रशिक्षण गर्ने। शासकीय स्वरुपका विषयमा पार्टीभित्र व्यापक छलफल गरी संविधान संशोधन समेतको कुरालाई मध्यनजर राखी पार्टीको अवधारणा तयार गर्ने । जन आवाज अभियान समिति गठन गरी देश भरिको जगमा तथा मुद्दा संकलन गर्ने र सदनमा उडाउने, कार्यान्वयन भए नभएको अनुगमन गर्ने । विधेयक मन्धन विभागलाई संसदमा दर्ता भएका विधेयकहरुवारे आवश्यकता अनुसार प्रवासमा समेत छलफल चलाई सुझाव संकलन गर्ने । क्यान्डिडेट क्लब र लिडरसीप एकेडेमीको विधान अनुसार नियमावली र कार्यविधि भदौ मसान्तसम्म तयार गर्ने। १०. पार्टीलाई प्रतिनिधित्व गरेर अन्तर्राष्ट्रिय सभा, गोष्ठी जादि कार्यक्रमहरूमा जाने व्यक्तिको छनोटका लागि मापदण्ड तयार पार्ने । पार्टीको आचारसंहिता र मुल्य मान्यतामा आधारित दस्तावेजहरु पुनरावलोकन गरी सदस्यहरुबाट प्राप्त सुझावहरु समेत समेटी प्रशिक्षणको सामग्रीमा समावेश गर्ने । पार्टीको केन्द्रीय अर्थ व्यवस्थापन समिति विस्तार गरी देश विदेशमा रहेका सबैलाई जोड्न पार्टी पिल्लर्सको अवधारणा लागू गर्ने । देशका गाउँदेखि विदेशका सहरसम्मका नेपालीसँग भेटघाट अभियानको सुरुवात गर्ने । चरणबद्ध रुपमा स्थानीय छाँया सरकार गठनको अभ्यास थालनी गर्ने । आगामी साता सातै प्रदेशमा यसै प्रकृतिको बन्द कार्याशाला आयोजना गर्ने र केन्द्रीय बन्द कार्यशालामा सहभागी हुनुभएका नेताहरु सहजीकरणका लागि सहभागी हुने ।’
रास्वपाले आगामी साता सातै प्रदेशमा पनि बन्द कार्यशाला आयोजना गर्ने र केन्द्रिय तहका नेताहरुलाई सहजीकरणका लागि परिचालन गर्ने निर्णय पनि गरेको छ । —न्युज एजेन्सी नेपाल