इजिप्टका विदेशमन्त्री बद्र अब्देलाट्टी र साउदी विदेश मन्त्री फैसल बिन फरहान अल साउदले क्षेत्रीय तनावबारे टेलिफोन संवाद गर्नुभएको छ । इजिप्टको विदेश मन्त्रालयको इजरायलको चरमपन्थी नीतिहरू र हत्या गर्ने दृष्टिकोण अपनाएको कारण क्षेत्रीय तनाव बढेको बताइएको छ । दुई मन्त्रीले जारी द्वन्द्व रोक्नको महत्ववमा जोड दिएका छन् । प्रमुख देशहरू विशेष गरी संयुक्त राज्य अमेरिकालाई आफ्नो जिम्मेवारी पूरा गर्न र हिंसाको लहर रोक्न मद्दत गर्न आग्रह गरे । इजिप्ट अन्तर्राष्ट्रिय र क्षेत्रीय चुनौतिहरूको सामना गर्न साउदी अरेबियासँग निरन्तर समन्वय र परामर्श गर्न प्रतिवद्ध रहेको बताइएको छ । साउदी विदेशमन्त्रीले इजिप्टसँग क्षेत्रीय मुद्दाहरूमा दुवै राष्ट्रको हित हासिल गर्न र क्षेत्रीय स्थायित्व र सुरक्षा सुनिश्चित गर्न निरन्तर सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।
सिन्ह्वाको सहयोगमा न्युज एजेन्सी नेपालले तयार पारेको समाचार सामग्री ।