नेपाल उद्योग परिसंघका अध्यक्ष अध्यक्ष राजेश अग्रवालले मुलुकलाई समृद्धि तर्फ लैजान नीतिगत र कानूनी सुधार अपरिहार्य रहेको बताउनुभएको छ ।
आईतवार लेखापरीक्षकहरुको संस्था नेपाल अडिटर्स एशोसियन (अडान) को १९ औं स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै यस्तो बताउनुभएको हो । उहाँले मौद्रिक नीति र वित्त नीतिको सामाञ्जस्यताका साथ अगाडि बढ्ने निजी क्षेत्रले अपेक्षा लिएको बताउनु भयो । उहाँले ऋणात्मक रुपमा रहेको उत्पादन क्षेत्रलाई अगाडि बढाउन सहुलियत प्रदान गर्न आवश्यक रहेको बताउनु भयो । उहाँले मौद्रिक नीतिले चेक अनादरमा कालोसूचीमा नराख्ने व्यवस्था गर्नु निर्माण व्यवसायीहरुको लागि राम्रो देखिए पनि दीर्घकालिन भने असर पर्ने बताउनु भयो । उहाँले चेक लिएर सामान बिक्री वितरण गरेका उद्योगी व्यवसायीहरु समस्यामा पर्ने र आगामी दिन निर्माण व्यवसायीहरुले चेक दिएर समान नपाउने अवस्था भएकाले सरकारले सोच्नुपर्ने भन्दै राष्ट्र बैंकको ध्यानाकर्षण गराउनु भयो ।
उहाँले भन्नुभयो,‘मौद्रिक नीति र वित्त नीतिको समाजस्यताका साथ अगाडि बढ्ने निजी क्षेत्रले अपेक्षा लिएको छ । यथपी ऋणात्मक रुपमा रहेको उत्पादन क्षेत्रलाई अगाडि बढाउन सहुलियत प्रदान गर्न आवश्यक छ । मौद्रिक नीतिले चेक अनादरमा कालोसूचीमा नराख्ने व्यवस्था गरेको छ । तत्कालको लागि निर्माण व्यवसायीहरुको लागि राम्रो देखिएको छ । तर चेक लिएर सामान बिक्रि वितरण गरेका उद्योगी व्यवसायीहरु समस्यामा पर्ने हुन वा आगामी दिन निर्माण व्यवसायीहरुले चेक दिएर समान नपाउने अवस्था भएकाले सरकारले सोच्नु पर्छ । चुनौतिपूर्ण रहेको मुलुकको अर्थतन्त्रमा सुधार ल्याउन बढ्दो व्यापारघाटा न्युनिकरण गर्न निर्यात मूलक उद्योगको प्रवद्र्धन र स्वदेशी उद्योगको संरक्षण अपरिहार्य छ । अनि मात्रै मुलुक आत्मनिर्भर बन्नसक्छौं । मुलुकलाई समृद्धितर्फ लैजान नीतिगत र कानूनी सुधार अपरिहार्य छ ।’
उहाँले चुनौतिपूर्ण रहेको मुलुकको अर्थतन्त्रमा सुधार ल्याउन बढ्दो व्यापारघाटा न्युनिकरण गर्न निर्यातमुलक उद्योगको प्रवद्र्धन र स्वदेशी उद्योगको संरक्षण अपरिहार्य भएको बताउनु भयो । —न्युज एजेन्सी नेपाल