२०२६ सम्म मुद्रास्फीति पूर्वानुमान अपरिवर्तित राख्ने टर्की केन्द्रिय बैंकको निर्णय

.

टर्कीएको केन्द्रिय बैंकले बिहीवार २०२४, २०२५ र २०२६ को लागि आफ्नो वर्ष–अन्त मुद्रास्फीति पूर्वानुमान अपरिवर्तित राख्ने निर्णयको घोषणा गरेको छ । मूल्य स्थिरता प्राप्त नभएसम्म कडा मौद्रिक नीति कायम राख्ने प्रतिवद्धता गरेको छ । सन् २०२४ को अन्त्यमा ३८ प्रतिशत र २०२५ र २०२६ को लागि क्रमशः १४ प्रतिशत र ९ प्रतिशतमा झर्ने बैंकको अपेक्षा रहेको बैंकका गभर्नर फातिह कारहानले तेस्रो मुद्रास्फीति प्रतिवेदन प्रस्तुत गर्दा पत्रकार सम्मेलनमा जानकारी दिनुभयो । आधिकारिक तथ्याङ्कले देशको वार्षिक मुद्रास्फीति दर जुलाईमा ६१.८ प्रतिशतमा खुम्चिएको देखाएको छ । जुन लगातार दोस्रो महीनामा गिरावट आएको हो । यसैबीच भूराजनीतिक जोखिमका कारण बैंकले २०२४ को प्रक्षेपणको दायरा ३४ देखि ४२ प्रतिशतसम्म कायम राखेको उहाँले बताउनु भयो ।
सिन्ह्वाको सहयोगमा न्युज एजेन्सी नेपालले तयार पारेको समाचार सामग्री ।