पूर्वअमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र वर्तमान उपराष्ट्रपति कमला ह्यारिसबीच सेप्टेम्बर १० मा बहस हुने भएको छ । उनीहरु सेप्टेम्बर १० मा बहस गर्न सहमत भएका हुन् । रिपब्लिकन राष्ट्रपति पदका उम्मेदवार ट्रम्प र उहाँका डेमोक्रेटिक समकक्ष ह्यारिस दुवैले बहसमा आफ्नो सहभागिता पुष्टि गर्नुभएको छ । ९० मिनेटको बहस फिलाडेल्फियामा हुने अपेक्षा गरिएको छ । एबीसी एन्कर डेभिड मुइर र लिन्से डेभिसले मध्यस्थकर्ताको रूपमा रहनु हुनेछ । बहस सम्भवतः प्रत्यक्ष दर्शकहरू बिना आयोजित हुनेछ । तर सही ढाँचा र आधारभुत नियमहरू अझै पनि निर्धारण भइरहेका छन् । यो घोषणा फ्लोरिडाको पाम बीचमा ट्रम्पको समाचार सम्मेलनपछि भएको हो । जसमा उहाँले ह्यारिससँग तीन बहसको प्रश्ताव राख्नुभयो । ट्रम्पले यसअघि सेप्टेम्बर १० मा राष्ट्रपति जो बाइडेनसँग बहस गर्न सहमत हुनुभएको थियो । तर बाइडेनले डेमोक्र्याटिक टिकटबाट फिर्ता लिएपछि ह्यारिससँग बहस गर्न ट्रम्प सहमत हुनुभएको हो ।
सिन्ह्वाको सहयोगमा न्युज एजेन्सी नेपालले तयार पारेको समाचार सामग्री ।