जोर्डनको उम्म अल–जिमल युनेस्कोको विश्व सम्पदा सूचीमा थपियो

.

जोर्डनको राजधानी अम्मानको उत्तरपूर्वमा अल माफ्राक सहरमा अवस्थित उम्म अल–जिमालको पुरातात्विक स्थल हालै संयुक्त राष्ट्रसंघीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक संगठन (युनेस्को) को विश्व सम्पदा सूचीमा समावेश गरिएको छ । उम्म अल–जिमलको साइट जोर्डन–सिरियाको सीमा नजिकै अवस्थित छ । यस क्षेत्रमा कालो ज्वालामुखी चट्टानहरूको व्यापकताको कारणले ब्ल्याक ओएसिस भनेर चिनिन्छ । उम्म अल–जिमाल नाम, जसको अर्थ ऊँटकी आमा हो । यस क्षेत्रको व्यापार कारवाँहरूमा ऊँटहरूको प्रयोगबाट आएको हो । जुन पहिलो शताब्दी ईस्वीमा नाबातियन मानिसहरूले र पछि रोमीहरूले बसोवास गरेका थिए ।

“यस सहरको सबैभन्दा महत्वपूर्ण विशेषता यसले नबातियन कालदेखि हालसम्म धेरै युगहरू भोग्दै, युगभरि यसको प्रामाणिकता जोगाएको छ ।
सिन्ह्वाको सहयोगमा न्युज एजेन्सी नेपालले तयार पारेको समाचार सामग्री ।