चिकित्सको हत्यापछि सुरक्षाको माग गर्दै भारतभर बिरोध प्रदर्शन

.

कार्यस्थलमा राम्रो सुरक्षाको माग गर्दै राजधानी नयाँ दिल्लीलगायत भारतभरका चिकित्सकहरूले बिरोध प्रदर्शन गरेका छन् । गत हप्ता कोलकाताको आरजी कार मेडिकल कलेज र अस्पतालमा ३१ वर्षीय डाक्टरको बलात्कार र हत्यापछि प्रदर्शन शुरु भएको थियो । यस घटनाले स्वास्थ्य सेवा पेशेवरहरूको सुरक्षाको बारेमा चिन्ता बढाएको चिकित्सकहरुको भनाइ छ । आन्दोलनकारीहरूले सरकारलाई चिकित्सा कर्मचारीहरूको सुरक्षा र सुरक्षित काम गर्ने वातावरण सुनिश्चित गर्न कडा कदमहरू लागू गर्न आग्रह गरेका छन् ।
सिन्ह्वाको सहयोगमा न्युज एजेन्सी नेपालले तयार पारेको समाचार सामग्री ।