स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था (इप्पान) का अध्यक्ष गणेश कार्कीले १४ महिनामा ३० भन्दा बढी आयोजनाहरुहरुको आईपीओका लागि सेवनमा रोकिएको बताउनुभएको छ ।
बुधवार स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था (इप्पान)ले आयोजना गरेको कार्यक्रममा बोल्दै अध्यक्ष कार्कीले यस्तो बताउनुभएको हो । उहाँले पछिल्लो समय शेयरमार्फत जलविद्युतमा नेपालभित्र लगानी गर्ने वातावरण बनाउनेको बताउनु भयो । अध्यक्ष कार्कीले १ हजारबाट अहिले ५ हजार लगानी गर्नसक्ने वातावरण बनेको बताउनु भयो । उहाँले पुँजी बजारमा करिव ४५ लाख बढी नेपालीहरुले शेयरमा लगानी गरेको बताउनु भयो । उहाँले स्थायी सरकार बनेकाले अब केही काम हुने आशा व्यवसायीहरुमा पलाएको बताउनु भयो । उहाँले जलविद्युत क्षेत्रको विकास गर्न व्यवसायीहरु उत्साहित भएपनि पछिल्लो समय धेरै समस्याहरु भइरहेको बताउनु भयो । उहाँले विद्युत विधेयक जस्ताको त्यस्तै पास भए व्यवसायीहरु पलायन हुनुपर्ने बताउनु भयो । उहाँले विधेयकले जलविद्युत विकास गर्ने तर नेपालका निजी क्षेत्रको लगानी निरुत्साहित गर्ने बताउनु भयो ।
उहाँले भन्नुभयो,‘जलविद्युतमा नेपालभित्र लगानी गर्ने वातावरण बनाउनु पर्छ भनेका छौं । मुलुकभित्र लगानी गर्ने वातावरण बन्दैछ । करिव ४५ लाख बढी नेपालीहरुले शेयरमा लगानी गरेका छन् । १ हजार लगानी गरेकाले ५ हजार लगानी गर्ने वातावरण बन्दैछ । अब केही काम हुने आशा व्यवसायीहरुमा परेको छ । स्थायी सरकार बनेको छ । जलविद्युत क्षेत्रको विकास गर्न व्यवसायीहरु उत्साहित छौं । तर सँगै धेरै समस्याहरु छन् । विद्युत विधेयक जस्ताको तस्तै पास भयो भने व्यवसायीहरुलाई लखेट्छ भन्ने लागेको छ । विधेयक जलविद्युत विकास गर्ने खालको छ तर नेपालका निजी क्षेत्र आउने खालको छैन । विगत १४ महिना भन्दा बढी ३० भन्दा बढी आयोजनाहरु सेवनमा रोकिएको छ । जलविद्युत आयोजनामा ३० प्रतिशत लगानी आईपीओबाट संकलन गर्ने योजना बनाएका हुन्छौं । आईपीओबाट पनि आउन सकेन र इकुटी हालेर पनि आयोजनाहरु अगाडि लैजान नसकिएको छैन । दोहोरो कर हटाउनुपर्छ । गाउँपालिका र प्रदेश सरकारले छुटै कर लिने गरेका छन् ।’
उहाँले जलविद्युत आयोजनामा ३० प्रतिशत लगानी आईपीओबाट संकलन गर्ने योजना बनाए पनि आईपीओ रोकिँदा आयोजना समस्यामा परेको बताउनु भयो । उहाँले सरकारले ऊर्जा क्षेत्रमा लागू भएको दोहोरो कर प्रणाली हटाउनु पर्नेमा जोड दिनुभयो । —न्युज एजेन्सी नेपाल