संक्रमणकालीन न्यायसँग सम्बन्धित विधेयक राष्ट्रिय सभाबाट सर्वसम्मतिले पारित

.

राष्ट्रिय सभा बैठकले प्रतिनिधि सभाबाट सन्देशसहित बेपत्ता पारिएका व्यक्तिको छानविन, सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक, २०७९ पारित गरेको छ ।

राष्ट्रिय सभाको बिहीवारको बैठकले प्रतिनिधि सभाबाट सन्देशसहित बेपत्ता पाबिरएका व्यक्तिको छानविन, सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक, २०७९ सभाबाट सर्वसम्मतिले पारित भएको हो । सरकारको तर्फबाट कानून, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले सभामा विधेयक प्रश्तुत गर्नुभएको थियो । मन्त्री चौरसियाको प्रश्तावलाई सभाले सर्वसम्मत रुपमा पारित गरेको राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहालले घोषणा गर्नुभयो । —न्युज एजेन्सी नेपाल