स्वदेशमै रोजगारी सिर्जना गरी युवाहरुलाई विदेश पलायन हुनबाट रोक्न सांसद जबराको आग्रह

.

राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद पशुपति समशेर जबराले स्वदेशमै रोजगारी सिर्जना गरी युवाहरुलाई विदेश जानबाट रोक्ने परिस्थिति सिर्जना गर्न सरकारसँग आग्रह गर्नुभएको छ ।

शनिवार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो आग्रह गर्नुभएको हो । उहाँले ठूला ठूला जलश्रोतको निर्माण गरी युवाहरुलाई स्वदेशमै सरकारले रोजगारी दिनसक्ने बताउनु भयो । उहाँले नेपालको विकास सानो र ठूलो पार्टीले नभनि सबै मिलेर गर्न आवश्यक रहेको बताउनु भयो । उहाँले मातृभूमी नेपाललाई निर्माण गर्ने, बनाउने, विकास गर्ने, उच्च प्रगतिमा पु¥याउने संकल्प लिएर आफू अघि बढेपनि नागरिकहरुले अरुलाई नै निर्वाचनमा जिताएर पठाउँदा सम्भव हुन नसकेको बताउनु भयो । उहाँले दुई वटा ठूला पार्टीहरु शक्तिमा आएपछि मुलुकको दोहन गर्ने काम हालसम्म भइरहेको बताउनु भयो । उहाँले विकासको सट्टा भ्रष्टाचार गर्ने प्रवृत्ति देखेर आफू वाक्कदिक्क भएको बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘सम्पूर्ण कुरा हेर्ने हो भने यो मुलुक त्यो मुलुक हो, जहाँ सीताको जन्म भयो । सीता भनेपछि हाम्रो सबैभन्दा पवित्र महिला हो । उहाँको नाम लिएपछि नामबाटै आफ्नो धर्म पवित्रता सम्पूर्ण जाहेर हुन्छ । यो मातृभूमी नेपाललाई निर्माण गर्ने, बनाउने, विकास गर्ने, उच्च प्रगतिमा पु¥याउने संकल्प लिएर बसेको पशुपति शमशेर मान्छे हो । तर यत्तिका वर्ष प्रयास गर्दा पनि अन्तत्व गत्वा मान्छेले भोट दिँदा पनि दुई ठूला पार्टीलाई दिने, ति पार्टीहरु शक्तिमा आउने । शक्तिमा आएपछि उनीहरुले मुलुकको दोहन गर्ने, विकासको सट्टा भ्रष्टाचार गर्ने प्रवृत्ति देखेर म वाक्कदिक्क छु । हामीले यो मुलुकलाई ठूलो पार्टी चाहिन्न भनेको होइन, ठूलो पार्टी त छ, उनीहरुको अस्तित्व जीवित छ । यो मुलुकको विकास हुनुपर्छ, यसका ठूला ठूला जलश्रोतको विकास गरी यो मुलुकलाई धनी, यहाँका मानिस बाहिर जानु नपर्ने, यहाँका युवाले यहीँ रोजगार पाउने परिस्थिति सिर्जना गर्नुपर्छ । नेपाल माताको विकास जस्तो ठूलो पार्टीले गरे पनि हुन्छ ।’

सांसद जबराले मुलुकको विकास गर्न युवाशक्तिहरु एक भएर लाग्नुपर्ने पनि बताउनु भयो । —न्युज एजेन्सी नेपाल