नेपाली जुत्ता घर पुनः सञ्चालन

.

आगलागीबाट क्षति व्यहोरेको बुटवल मिलनचोक डेल्टा मार्टस्थित नेपाली जुत्ता मेला पुनः सञ्चालनमा आएको छ । असार ६ गते आगलागी भएपछि परिसरमा नै ४० वटा स्टलहरुमार्फत सेवा शुरु गर्न लागेको हो । स्वदेशी उत्पादनलाई प्रोत्साहन गर्ने लक्ष्यका साथ नेपाली लुगा घरको आयोजनामा डेल्टा कम्प्लेक्स परिसरमा टेन्ट लगाएर जुत्ता घर सञ्चालनमा ल्याइएको हो । नेपालका ८ उद्योगका ३० भन्दा धेरै ब्राण्ड र ३ हजार भन्दा धेरै डिजाईनका जुत्ताहरु उपलब्ध हुने बताइएको छ । मेलाको आकर्षणको रुपमा स्थानिय उद्योगबाट उत्पादन गरिएको मोजा पहिलो दुई हजार ग्राहकलाई १ रुपैयाँमा उपलब्ध गराइनेछ । —न्युज एजेन्सी नेपाल