शिक्षा क्षेत्रलाई राजनीतिबाट अलग गर्नुपर्छः सांसद थापा

.

नेकपा(एकीकृत समाजवादी)का सांसद अम्मरबहादुर थापाले शिक्षा क्षेत्रलाई राजनीतिबाट अलग गर्नुपर्ने बताउनुभएको छ ।

बिहीवार प्रतिनिधि सभा बैठकको विशेष समयमा बोल्दै सांसद थापाले शिक्षालाई राजनीतिबाट अलग नगरे शिक्षा क्षेत्रमा सुधार सम्भव नभएको बताउनुभएको हो । उहाँले शिक्षा क्षेत्रमा राजनीतिक कार्यकर्ताकै रुपमा परिचालन गरेमा शिक्षाको सुधार नहुने बताउनु भयो । उहाँले शिक्षक र कर्मचारीलाई दलबाट अलग राख्नुपर्ने बताउनु भयो । उहाँले देशको शिक्षाकै कारण व्यक्तिहरु विदेश जाने बाध्यतामा परेका बताउनु भयो । उहाँले शिक्षा प्रणाली जागिरमुखि रहेको भन्दै यसलाई सीपमुलक र व्यवसायिक बनाउनुपर्नेमा जोड दिनुभयो ।
उहाँले भन्नुभयो – ‘राजनीतिबाट शिक्षालाई अलग गर्नुपर्छ । राजनीतिबाट शिक्षालाई अलग गर्न सकेनौँ र हामीले राजनीतिक कार्यकर्ताकै रुपमा परिचालन ग¥यौँ भने शिक्षा सुधार सम्भव छैन । राजनीति गर्न पाउँछ । तर दलीयकरण गर्ने शिक्षक र कर्मचारी छन् यसबाट अब बन्ने ऐनले यसलाई फरक रुपले राखेन भने देश अगाडी बढ्न सक्दैन । हाम्रो शिक्षाले विदेश जाने बाध्यता बनाएको छ । त्यसकारणले पनि अहिले मान्छे यहाँ बस्न सक्दैनन् । हाम्रो शिक्षाको मोडल हिजो बनाएको जागिरमुखि शिक्षा थियो । यदि सीपमुलक शिक्षा र व्यवसायिकरण गर्ने र वैज्ञानिक शिक्षा बनायौँ भने तबमात्रै यो देशको शिक्षा सुधार हुनसक्छ ।’ 
सांसद थापाले सरकारले शिक्षा, स्वास्थ्य, उत्पादन र गरिबी निवारणको क्षेत्रमा प्राथमिकता दिनुपर्ने बताउनु भयो । —न्युज एजेन्सी नेपाल