प्रकृति दोहनले मानव जीवनको दिनगिन्ती शुरु भयोः श्रममन्त्री भण्डारी

.

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले प्रकृतिको दोहनले मानव जीवनको दिनगिन्ती शुरु भएको बताउनुभएको छ ।

बिहीवार काठमाडौंमा ज्यानु—वसन्त राज मिश्र फाउण्डेशन समाजिक प्रतिभा सम्मान तथा पुरस्कार वितरण कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले प्रकृतिको अनाश्यक दोहनका कारण विपद्हरु दिन प्रतिदिन बढ्दै गएको बताउनु भयो । उहाँले विकासलाई अघि बढाउँदा प्रकृतिमैत्री नबनाए ठूलो क्षति व्यहोर्नुपर्ने निश्चित रहेको बताउनु भयो । उहाँले सोलुखुम्बु लगायतका क्षेत्रमा हिमताल फुट्नुको संकेतले प्रकृतिलाई हानी पु¥याउनु नहुने कुराको संकेत गरेको उल्लेख गर्नुभयो ।
उहाँले भन्नुभयो, ‘हामी कता जाँदैछौँ । डेभलपमेण्टलाई कसरी हेरिरहेका छौँ । विकास निर्माणलाई के हिसावले हेरिरहेका छौँ । हामी भौतिक पूर्वाधारको क्षेत्रलाई कसरी हेरिरहेका छौँ । सोलु लगायतका विभिन्न ठाउँमा हिमतालहरु फुट्दै गइरहेको छ । त्यसको असर हामी हरेक दिन देखिरहेका छौँ । अब त दिन गिन्ती गर्न शुरु गरे हुन्छ । यसमा सबै जना सचेत हुनुपर्छ ।’

मन्त्री भण्डारीले प्रकृतिको संरक्षण जोड दिन आवश्यक रहेको पनि बताउनु भयो । —न्युज एजेन्सी नेपाल