धरान -नेवार समुदायको साझा संस्था नेवाः देय दवूःको केन्द्रीय राष्ट्रिय महाधिवेशन धरानमा हुने भएको छ ।
सातौं राष्ट्रिय महाधिवेशनको पूर्वतयारी स्वरूपमा धरानको सिद्धि नेवाः परिषद् सभाहलमा नेवा: देय दवूः धरानको आयोजनामा केन्द्रीय अध्यक्ष नरेश कुमार ताम्राकार को उपस्थितिमा सुनसरी जिल्लाभर रहेका नेवारी सस्थाहरुको सहभागीतामा महाधिवेशनका लागि तीसवटा समितिहरू निर्माण गरिने केन्द्रीय सदस्य तथा महाधिवेशन संयोजक अनिल मास्केले बताए ।
महाधिवेशनको पूर्वसन्ध्यामा अहिले जिल्लाहरुमा अधिवेशन भइरहेका छन् । सोमबार सम्पन्न सुनसरी जिल्लाअधिवेशनबाट वसन्त श्रेष्ठको अध्यक्षतामा २५ सदस्य नयाँ कर्यसमिति गठन भइसकेको छ। शुक्रबार धरान नगर समितिको अधिवेशनबाट मनोहर शाक्य को अध्यक्षता मा १९ सदस्यीय नयाँ कार्य समिति चयन भएको हो ।
चैत १४ र १५ गते हुने महाधिवेशनमा नेवारी समुदायको झाँकी, र्यालीलगायतका कार्यक्रम हुने छ । नेवार समुदायको हकहित तथा अधिकारका लागि स्थापित संस्थामा अन्य नेवारी संघसंस्थाहरूको समेत आवद्धता छ । प्रदेश १ को अधिवेशन भने फागुन ३० गते भोजपुरमा हुने छ ।
दीपेन्द्र श्रेष्ठ , धरान