काठमाडौं – स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरसको बढ्दो संक्रमणदरलाई मध्यनजर गर्दै स्वास्थ्यका कर्मचारीको करार ३ महिना थप गर्ने भएको छ ।
बिहीबार एक विज्ञप्तिमार्फत माघ महिनादेखि आवश्यकता अनुसार स्वास्थ्यकर्मी तथा कर्मचारीहरुको करार अवधि बढीमा ३ महिनासम्म थप्न सकिने गरी निर्णय गरिएको मन्त्रालयले जनाएको छ ।