सुनको भाउमा गिरावट

.

काठमाडौं – नेपाली बजारमा आज सुनको भाउमा सामान्य गिरावट आएको छ ।

 

 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाला सुनको मूल्य तोलामा ५ सय रुपैयाँले गिरावट आएर ९९ हजार रुपैयाँ कायम भएको छ। बुधबार छापावाला सुन तोलामा ९९ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो।

 

 

तेजावी सुनको भाउ तोलाको ९८ हजार ५ सय रुपैयाँ निर्धारण भएको छ।  यस्तै, आज चाँदीको मूल्य भने ५ रुपैयाँले बढेको छ। बुधबार प्रतितोला एक हजार ३७५ रुपैयाँमा कारोबार भएको चाँदी बिहीबार एक हजार ३८० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।