दशैँमा जनकपुरको राजदेवी मन्दिरसहित शक्तिपीठहरुमा दर्शनार्थीहरुको भीड

.

हिन्दु धर्मावलम्बीहरुको पर्व दशैँको रमझम देशभर छ । दशैँको पहिलो दिन जनकपुरधामको राजदेवी मन्दिरसहित गाउँ गाउँका शक्ति पीठहरुहरुमा घटस्थापना विधिवत शुरुवातसँगै दशैँको रमझम देखिएको छ । जनकपुरधामको प्रमुुख शक्तिपीठ राजदेवी मन्दिर, बौधी माई मन्दिर, विद्यापति चोकस्थित दुर्गा मन्दिर, रामानन्द चोकमा दशैँका लागि सिंगारिएका छन् । भक्तजनहरुको घुइचो यसपटक दशैँको पहिलो दिनदेखि नै बढेको छ । राजदेवी मन्दिर लगायतका मन्दिरहरुमा बिहानैदेखि भक्तजनहरु पूजा अराधनाका लागि पुग्ने गरेका छन् । जनकपुरधामको प्रमुख शक्तिपीठ राजदेवी मन्दिरलाई दुलहीझँै सिँगारीएको छ । —न्युज एजेन्सी नेपाल