वल्र्ड कराँते च्याम्पियनसिप कमयाडेट जुनियर अण्डर ट्वन्टी वानमा नेपालकी स्टार कराँते खेलाडी एरिका गुरूङले नेपालको प्रतिनिधित्व गर्दै हुनुहुन्छ ।
एरिकालाई आज राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव टंकलाल घिसिङले विदाई गर्नुभयो । इटलीको भेनिसमा हुने च्याम्पियनसिपमा एरिकाले अण्डर ट्वान्टी वानतर्फ ६८ केजी माथीको तौल समूहमा प्रतिष्पर्धा गर्नुहुनेछ । च्याम्पियनसिपमा ११३ राष्ट्रका १ हजार ९९५ खेलाडीको सहभागीता रहनेछ । एरिकाले निरन्तर रूपमा नेपाललाई पदक दिलाइरहेकोले यो च्याम्पियनसिपबाट पनि पदकको आशा राखेको सदस्य सचिव टंकलाल घिसिङले बताउनु भयो । उहाँले एरिकाले दिएको सफलताको कारण अबको सबै अन्तर्राष्ट्रिय प्रतियोगिता र सबै अन्तर्राष्ट्रिय प्रशिक्षणको खर्च राष्ट्रिय परिषद्ले व्यहोर्ने पनि सदस्य सचिव घिसिङले बताउनु भयो ।
एरिकाले केही दिन अगाडि एकेएफ सिनियर च्याम्पियनसिपमा नेपाललाई ऐतिहासिक रजत दिलाउनुभएको थियो । यसअघि उहाँले एशियाली खेलकुदमा पनि रजत पदक प्राप्त गर्नुभएको थियो । अहिलेसम्म खेलेको सबै अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक बिहिन हुन नपरेकोले पनि उहाँबाट यो पटक बढी अपेक्षा गरिएको छ ।
एरिकासँगै प्रशिक्षक कुशल श्रेष्ठ र अफिसियल तारा गुरूङ र सन्तोष श्रेष्ठसहितको चार सदस्यीय नेपाली टोली भोलि इटली प्रस्थान गर्नेछ । —न्युज एजेन्सी नेपाल