स्वतन्त्र ऊर्जा उत्पादनहरुको संस्था नेपालका अध्यक्ष गणेश कार्कीले विश्वलाई क्लिन र ग्रिन ऊर्जामा नेपालले नेतृत्वदायी भुमिका खेल्ने बताउनुभएको छ ।
मंगलवार विश्वमा जलविद्युतमा प्राविधि र बजारका विषयमा भएको अन्तक्रिया कार्यक्रममा बोल्दै यस्तो बताउनुभएको हो । अध्यक्ष कार्कीले क्लिन र ग्रिन ऊर्जामा नेपाल चाँडै विकसित हुने बाटोमा रहेको बताउनु भयो । उहाँले नेपालमा उत्पादित क्लिन र ग्रिन ऊर्जा भारत र बंलादेशमा निर्यातको बाटो खुला भएको र भारतमा निर्यात गरिरहेको बताउनु भयो । उहाँले भारतसँग १० वर्षमा १० हजारमेगावट र बंलादेशसँग ४० मेगावट विद्युत निर्यात गर्ने सम्झौता भएको उल्लेख गर्नुभयो । उहाँले नेपालले सन् २०४५ सम्ममा शुन्य कार्वन उत्सर्जन गर्ने लक्ष्य लिएको पनि बताउनु भयो । उहाँले नेपाल दक्षिण एशियामा जलविद्युत उत्पादन र स्टोरेजको हब भएको बताउनु भयो । उहाँले अहिले नै नेपालले वर्षातमा विदेशमा १ हजार मेगावट विद्युत निर्यात र सुख्खायाममा नेपालले ७ सय मेगावट विद्युत खरिद गरिरहेको बताउनु भयो । अध्यक्ष कार्कीले प्राकृतिक रुपमा नै धेरै जलविद्युत उत्पादन गर्नसक्ने अवस्था रहेको भन्दै ६ हजार मेगावट भन्दा बढीका २ हजार जलविद्युत आयोजनाहरु निर्माणाधिन अवस्थामा रहेको बताउनु भयो ।
उहाँले अस्टे«लिया विश्वको जलविद्युत उत्पादन र प्रविधिमा अगाडि रहेको भन्दै नेपालमा अस्टे«लियाको प्रविधि आदानप्रदान गर्न आवश्यक रहेको बताउनु भयो । उहाँले नेपाल जलविद्युत उत्पादनमा ठूलो सम्भावना बोकेको देश भएको बताउनु भयो । उहाँले अस्ट्रेलियाको जलविद्युत बजार पनि धेरै विकसित र एडभान्स बजार रहेको भन्दै त्यहाँको बजार नीतिका बारेमा पनि नेपालमा जानकारी लिन जरुरी रहेको बताउनु भयो । —न्युज एजेन्सी नेपाल