बाढी प्रभावितलाई राहत र उद्धारमा वडा अध्यक्ष छिरिङ लामाको सक्रियता,बाढी प्रभावित परिवारलाई राहत वितरण

.

ललितपुर

गत हप्ता अविरल वर्षासँगै आएको बाढीका कारण ललितपुरको  महालक्ष्मी नगरपालिका वडा नम्बर १ इमाडोल क्षेत्रमा कर्मनासा खोलामा आएको बाढीले ठूलो क्षति पु¥याएको छ । बाढी प्रभावित क्षेत्रको उद्धार र प्रभावितलाई राहतको लागि वडा अध्यक्ष लामाको सक्रियता देखिएको छ ।
उनले बाढी प्रभावितलाई उद्धार र राहतको तत्काल व्यवस्थापन गर्ने काममा सक्रिय देखिएका छन् । उनले अहिले बाढीको आंशिक र पूर्ण क्षतिको विषयमा विवरण संकलनको काम समेत गरिरहेका छन् । वडाले बाढी प्रभावित सय भन्दा बढी बाढी प्रभावित परिवारलाई राहत वितरण समेत गरेका छन् ।


महालक्ष्मी नगरपालिका–वडा नम्बर १ इमाडोलमा मात्रै २८ करोड बढीको क्षति भएको छ । नगरपालिकाको वडा नम्बर १ इमाडोल क्षेत्रमा अविरल वर्षासँगै आएको बाढीका कारण ठूलो परिमाणमा क्षति पु–याएको वडाअध्यक्ष छिरिङ लामाले जानकारी दिए । उनले यस क्षेत्र भई बग्ने कर्मनासा खोला छेउका घर, पसल, कलकारखाना र बस्तीमा पानी पसेर करोडौँ मूल्य बराबरको भौतिक सम्पत्ति नष्ट भएको बताए ।
अध्यक्ष लामाले बाढीबाट प्रभावित स्थायी बासिन्दा भन्दा पनि भाडामा बस्ने परिवारहरुलाई बाढीले विस्थापित बनाएको बताए । उनले बाढीको कारण करिब ५०० परिवार विस्थापित भएको जानकारी दिए । उनले वडाले सय भन्दा बढी बाढी प्रभावित परिवारलाई  राहतको व्यवस्था गर्दै आएको बताए ।
उनले वडाले अहिले पनि पूर्ण क्षति र आंशिक क्षतिको विवरण संकलन भइरहेको उल्लेख गरे । वडा अध्यक्ष लामाले बाढी आएको दिन देखि बाढी प्रभावित क्षेत्रमा नै उद्धार र राहतमा खटिरहेको बताए । उनले वडाले डुबानमा परेका ५०० परिवारको चुलो निभेकाले राहत उपलब्ध गराउने काम गरको बताए । उनले कर्मनासा खोला छेउमा रहेका ५०० घरको ग्राण्डफ्योलर सबै डुबेको अवस्था रहेको र अहिले उद्धारको काम भइरहेको बताए ।