वडा कार्य समिति सदस्य श्रेष्ठको निधन

.

काठमाडौं । चन्द्रागिरी नगरपालिका वडा १० का वडा कार्यसमिति सदस्य नारायणकुमार श्रेष्ठको ५२ वर्षको उमेरमा निधन भएको छ ।

मुटु रोगको समस्याबाट पीडित श्रेष्ठको आज बिहान गङ्गालाल अस्पतालमा उपचार क्रममा निधन भएको चन्द्रागिरी नगरपालिका नेपाली काङ्ग्रेस कार्बावहक सभापति राजेन्द्रविक्रम बानियाँले जानकारी दिनुभयो । श्रेष्ठको आज नै पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिएको छ । श्रेष्ठको पार्थिव शरीरमा नेपाली काङ्ग्रेस चन्द्रागिरी नगरपालिकाका कार्यवाहक सभापति राजेन्द्रविक्रम बानियाँ र तरुण दल केन्द्रिय सदस्य निरज प्रजापतीले संयुक्त रुपमा पार्टीको झण्डा ओडाउनुभएको थियो । स्वर्गीय श्रेष्ठका श्रीमती, दुई छोरी, एक छोरा र आमा हुनुहुन्छ ।