काठमाडौं – नेपालमा पछिल्लो २४ घण्टामा थप ६८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबार सार्वजनिक गरेको विवरणअनुसार पछिल्लो २४ घण्टामा ४९२९ जनामा परीक्षण गर्दा ६८ जनामा कोभिड संक्रमण पुष्टि भएको छ ।
त्यस्तै, कोरोना संक्रमणबाट २ जनाको ज्यान गएको छ भने ५३८ कोभिडमुक्त भएका छन् । हाल मुलुकमा सक्रिय संक्रमितको संख्या ६ हजार ४६१ रहेको छ ।