नाइजेरियाली राष्ट्रपतिद्वारा मन्त्रिमण्डल हेरफेर

.

नाइजेरियाका राष्ट्रपति बोला टिनुबुले मन्त्रिपरिषद् पुनर्गठन गर्दै पाँच मन्त्रीलाई बर्खास्त गरी नयाँ नियुक्त गर्नुभएको छ । शिक्षा, पर्यटन, युवा विकास र महिला मामिला मन्त्रीहरू साथै राज्य, आवास र शहरी विकास मन्त्रीलाई बर्खास्त गरिएको राष्ट्रपतिका वरिष्ठ प्रवक्ता बायो ओनानुगाले मन्त्रिपरिषद् बैठकपछि बताउनु भयो ।
सिन्ह्वाको सहयोगमा न्युज एजेन्सी नेपालले तयार पारेको समाचार सामग्री ।