अस्ट्रेलियामा बढ्दै गएको मानव शोषणविरुद्ध लड्न विशेष संघीय प्रहरी परिचालन

.

बढ्दो मानव बेचबिखन र शोषण विरुद्ध लड्न अस्ट्रेलियाली संघीय प्रहरी (एएफपी) का विशेष अधिकारीहरूलाई देशभरका समुदायहरूमा खटाइएको छ । नयाँ मानव शोषण सामुदायिक अधिकारीहरूले मानव बेचबिखन र अनलाइन बाल यौन शोषण रोक्नको लागि जोखिममा परेका समुदायहरूलाई लक्षित शिक्षा प्रदान गर्ने एएफपीले जनाएको छ । दासत्व, जबरजस्ती विवाह र जबरजस्ती श्रमसहित मानव बेचबिखनका ३८२ वटा घटनाहरू थिए । जुन ३० मा समाप्त भएको आर्थिक वर्ष २०२३–२४ मा ३४० भन्दा बढी रिपोर्ट गरिएको थियो । एएफपीको नेतृत्वमा रहेको अस्ट्रेलियन सेन्टर टु काउन्टर चाइल्ड एक्सप्लोइटेसनलाई अनलाइन बाल यौन शोषणको रिपोर्टले २०२२–२३ मा ४० हजार २३२ र २०२३–२४ मा ५८ हजार ५ सय बढी शोषणमा परेको बताएको छ ।
सिन्ह्वाको सहयोगमा न्युज एजेन्सी नेपालले तयार पारेको समाचार सामग्री ।