टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानले सबै देशहरूले प्यालेस्टाइन राज्यलाई मान्यता दिन आह्वान गर्नुभएको छ । इस्तानबुलमा इस्लामिक सहयोग संगठनको आर्थिक र व्यावसायिक सहयोगका लागि स्थायी समितिको ४० औं सत्रमा सम्बोधन गर्दै एर्दोगानले उक्त टिप्पणी गर्नुभएको हो । टर्कीका नेताले प्यालेस्टाइन र लेबनानी जनताको न्यायिक संघर्षलाई समर्थन गर्न इस्लामिक संसारमा एकताको आवश्यकतालाई पनि जोड दिनुभयो ।
इजरायलले गाजामा प्रज्वलित गरेको आगोलाई रोक्न आवश्यक रहेको बताउनु भयो ।
सिन्ह्वाको सहयोगमा न्युज एजेन्सी नेपालले तयार पारेको समाचार सामग्री ।