इजिप्ट र मलेसियाद्वारा मध्यपूर्वमा शान्ति,सुरक्षाको आह्वान

.

इजिप्ट र मलेसियाले आईतवार मध्यपूर्वमा शान्ति र सुरक्षाका लागि आह्वान गरेका छन् । इजिप्टका राष्ट्रपति अब्देल–फताह अल–सिसी र मलेसियाका प्रधानमन्त्री अनवर इब्राहिमबीच इजिप्टको राजधानी कायरोमा भएको बैठकपछि उक्त अपील गरिएको इजिप्टको राष्ट्रपति कार्यालयले जनाएको छ । दुई देशले प्यालेस्टाइनी जनताको आत्मनिर्णयको अधिकारलाई जोड दिएका छन् । उनीहरूले संयुक्त राष्ट्र सुरक्षा परिषदलाई संयुक्त राष्ट्र संघमा पूर्ण सदस्यताको लागि प्यालेस्टाइनको आवेदनलाई मे १०, २०२४ मा संयुक्त राष्ट्र महासभाले पारित गरेको प्रासंगिक प्रश्तावलाई विचार गर्न पनि आग्रह गरेका छन् । मलेसियाले गाजा पट्टीमा प्यालेस्टाइनीहरूलाई मलेसियाको मानवीय सहायता र सहयोग पु¥याउन इजिप्टको प्रयासको लागि कृतज्ञता व्यक्त गरेको छ । दुवै पक्षले इजरायलले आफ्नो सैन्य कारबाहीमा अन्तर्राष्ट्रिय कानून, मानवीय कानून र मानवअधिकार कानूनको निरन्तर उल्लंघनको निन्दा गरेका छन् । दुई देशबीच कुटनीतिक सम्बन्ध स्थापना भएको ६५ औँ वार्षिकोत्सवको अवसरमा मलेसियाका प्रधानमन्त्री इजिप्टको औपचारिक भ्रमणमा छन् ।
सिन्ह्वाको सहयोगमा न्युज एजेन्सी नेपालले तयार पारेको समाचार सामग्री ।