मोरङको बेलबारीमा एनएमबी बैंकको शाखा अब

.

काठमाडौं – एनएमबी बैंकले मोरङको बेलबारी मालपोत कार्यालयमा आफ्नो १० औं विस्तारित काउण्टर शुभारम्भ गरेको छ । भुमी व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव रामप्रसाद थपलिया, भुमी व्यवस्थापन तथा अभिलेख विभागका महानिर्देशक पिताम्बर घिमिरे र बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिल केसीद्वारा शाखा शुभारम्भ गरिएको हो ।

 

 

साथै, कार्यक्रममा बैंकका प्रदेश नं. १ का प्रमुख उत्सव घिमिरेको सभापतित्वमा शाखाको विधिवत उद्घाटन भएको हो । बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिल केसीले सरकार तथा निजी क्षेत्रको सहकार्य बेलबारीमा नगद रहित सेवा शुरु गरिएको भन्दै सेवाग्राहीलाई वित्तिय सेवा लिन अनुरोध गरेका छन् । बैंकले देशभरी १० एक्सटेन्सन काउन्टर, २०१ शाखा र १३९ एटिएम मार्फत वित्तिय सेवा प्रदान गदै आएको छ ।