दैनिक कोरोना संक्रमित फेरि बढे, थप १९४ जनामा संक्रमण

.

काठमाडौं –  नेपालमा पछिल्लो २४ घण्टामा थप १९४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलबार सार्वजनिक गरेको विवरणअनुसार पछिल्लो २४ घण्टामा ६३९४ जनामा परीक्षण गर्दा १९४ जनामा कोभिड संक्रमण पुष्टि भएको छ ।

त्यस्तै, कोरोना संक्रमणबाट १ जनाको ज्यान गएको छ भने ३४८ कोभिडमुक्त भएका छन् । हाल मुलुकमा सक्रिय संक्रमितको संख्या ५ हजार ८७५ रहेको छ ।

No photo description available.