काठमाडौँ- नेपाल इन्जिनियर्स एशोसिएसनको ३३ औ केन्द्रीय कार्यकारिणी समितिको निर्वाचनका लागि वृहत राष्ट्रिय प्रगतिशिल गठबन्धनले इन्जिनियरलाई न्यूनतम अधिकृत तहको तलव उपलब्ध गराउनुपर्ने बताएको छ ।
गठबन्धनले आज यहाँ आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा गठबन्धनतर्फका अध्यक्षका उम्मेदवार डा. सुरज लामिछानेले अहिले इन्जिनियर पढेपनि न्यूनतम तलवमा काम गर्नुपरेको भन्दै इन्जिनियरलाई कम्तिमा अधिकृत तहको तलव उपलब्ध गराउनुपर्ने बताउनुभयो ।
“अहिले इन्जिनियरहरुलाई इन्टर्नशीपका नाममा न्यूनतम तलवमा काम लगाउने पाइएको छ,” उहाँले भन्नुभयो, “अव इन्जिनियरको तलव न्यूनतम अधिकृत वा सो सरहको हुनुपर्दछ ।”
उहाँले बर्षेनी ६ हजार भन्दा बढी इन्जिनियर उत्पादन हुने गरेको भएपनि सो अनुसार जनशक्तिको खपत नभएको समेत बताउनुभयो ।
उहाँका अनुसार अहिले एक हजार मात्र इन्जिनियरले मात्रले बर्षेनी रोजगारी सिर्जना हुने गरेको बताउनुभयो ।
उहाँले हरेक एक जना सिनियर इन्जिनियरले दुई जना इन्जिनियरलाई सहयोगको रुपमा राख्दा एक हजार जना इन्जिनियरलाई रोजगार दिन सकिने बताउनुभयो ।
अहिले देशभरिमा ५२ विभिन्न विधामा ६७ इन्जिनियर रहेका छन् । तिमध्ये २२ हजार नेपाल इन्जिनियर्स एसोसिएसनमा रहेका दर्ता भएका छन् ।
अध्यक्षका प्रत्यासी डा. लामिछानेले विभिन्न ३३ बुँदे एजेण्डा सहित निर्वाचनमा होमिनु भएका छ ।
उहाँले आफ्नो समूहमा दक्ष, योग्य, इमान्दार उम्मेदवार रहेको जित्ने बताउनुभयो ।
उहाँले इन्जिनियर पढेर आएकालाई नयाँ प्रविधिसंग जोडनका लागि इन्जिनियर स्टाफ कलेज स्थापना गर्ने बताउनुभयो ।
उहाँले इन्जिनियरिङ शिक्षाको गुणस्तरको स्तरोन्नतिका लागि नेपाल इन्जिनियरङ परिषद् एव विश्वविद्यालयसंग अधिकतम सहकार्य गरिने बताउनुभयो ।
गठबन्धनबाट महासचिवका उम्मेदवार डा. भेषराज थापाले इन्जिनियरको हकहित र आवाजलाई राज्यसंग जोड्ने बताउनुभयो । उहाँले आफूहरुले इन्जिनियरलाई समाजले हेर्ने दृष्टिकोणमा परिवर्तन ल्याउने बताउनुभयो ।
प्रगतिशिल इन्जिनियर समूहका अध्यक्ष शम्भुवहादुर श्रेष्ठले गठबन्धनबाट उठेका उम्मेदवार नेतृत्व लिन सक्षम, प्रतिवद्ध र इमान्दार रहेको बताउनुभयो ।
उहाँले आफूहरुले उठाएका एजेण्डाले समग्र इन्जिनियरको रहेकोले जित सुनिश्चित रहेको बताउनुभयो ।
३३ औ कार्यकारिणी समितिको यहि फागुन २७ गते हुने निर्वाचन एकै साथ हुँदै छ । निर्वाचनमा पाँच समूहले चुनावी मैदानमा रहेका छन् । केन्द्रमा १८ जना र प्रदेशमा १६ जना (कुल ११२) गरि कुल १३० पदाधिकारी तथा सदस्यका लागि निर्वाचन हुँदै छ । उपाध्यक्षमा देउकाजी गुरुङ, उपमहासचिवम शिवराम केसी, कोषाध्यक्षमा डा. आनन्द सिंह, सहकोषाध्यक्षमा अर्जुन पौडेल रहनु भएको छ ।
यस्तै इन्जिनियरिङ परिषद्का सदस्यमा डा. भीमकुमार दाहाल, बाबुराम भण्डारी, बसन्त लिङथेप, डा. अजयकुमार झा र बन्दना सुवेदीले उम्मेदवारी दिनु भएको छ ।
इन्जिनियरहरुको हक, हीतको संरक्षणको लागि नेईएलाई सशक्त संरक्षक संस्थाको रुपमा विकास गरिने, आगामी निर्वाचनमा विश्वभरी छरिएर रहेका ईन्जिनियरहरुको अनलाइनका माध्यमबाट निर्वाचनमा सहभागी गराइने, इन्जिनियर भवन निर्माण अभियान भन्ने नाराका साथ नेपाल ईन्जिनियर्स एशोसियसनका हरेक प्रदेश र शाखाहरुमा आफ्नै भवन निर्माण गरिने एजेण्डा रहेका छन् ।
यस्तै “सामुहिक बीमा कार्यक्रम” लाई निरन्तरता दिंदै अझै परिष्कृत बनाईने, “प्रदेश र स्थानीय तहमा अलग बिकास प्रशासन” नाराका साथ बिकास प्रशासन र सामान्य प्रशासनलाई अलग अलग प्रशासनिक संयन्त्रको रुपमा बिकास गरी ईन्जिनियर समुदायलाई बिकास निर्माणको नेतृत्वमा स्थापित गरिने, “प्रमुख कार्यकारी ईन्जिनियर” नाराका साथ अधिकतम इन्जिनियर कार्यरत रहने नेपाल सरकारका संस्था एवं संस्थानहरुमा प्रमुख कार्यकारी इन्जिनियर नै रहने नीतिगत व्यवस्थाको लागि जोडदार पहल गरिने, नेपाल इन्जिनियरिङ्ग परिषदबाट मान्यताप्राप्त सम्पूर्ण नयाँ इन्जिनियरिङ्ग विधाहरु (बायोमेडिकल, एरोनटिकल आदि) ले न्यायमूलक ढंगबाट सरकारी सेवामा प्रवेश गर्न पाउने अधिकारको लागि विशेष पहल गरिने, पूर्वाधार विकासको क्षेत्रमा निर्माण कार्य तथा सेवा प्रवाह गर्दा निर्माण कम्पनी तथा परामर्शदाता संस्थाहरुले भोग्नुपरेका प्रकृयागत समस्यालाई निराकरण गर्न विद्यमान सार्वजनिक खरीद ऐन र नियमावलीलाई परिमार्जन गर्न विशेष भूमिका निर्वाह गरिने एजेण्डामा उल्लेख गरिएको छ ।
हरेक इन्जिनियरहरुलाई देश निर्माणको लागि सफल उद्यमी बनाउनको लागि अन्य स्थापित संघ–संस्थाहरुसंग सहकार्य गरी विशेष सिर्जनशील एवम् प्रोत्साहनमूलक कार्यक्रमहरु संचालन गरिने तथा केन्द्र, प्रदेश एवं एशोसिसन शाखाहरुमा र आवश्यकता अनुसार स्थानीय तह स्तरमा “विकास निर्माण एवं नीतिगत बहस कार्यक्रम” संचालन गरी केन्द्र, प्रदेश र स्थानीय सरकारसँग समन्वय गरिने उल्लेख गरिएको छ ।