नेपालका यु–१६ र यु–१९ महिला टोलीले भुटानसँग हुने मैत्रीपूर्ण खेलका तयारी राम्रो भएको जनाएको छ ।
नेपालको यु–१६ महिला टोलीले शुक्रवार दशरथ रंगशालामा भूटानको यसै उमेरसमूहका टोलीसँग मैत्रीपूर्ण खेल खेल्दैछ । बिहीवार एन्फा कम्प्लेक्समा भएको पत्रकार सम्मेलनमा यु–१६ टोली कम तयारी भए पनि राम्रो प्रदर्शन गर्ने अपेक्षा राखेको छ । यु–१६ टोलीका प्रशिक्षक सुलभजंग रानाले ११ दिन प्रशिक्षण गरे पनि राम्रो आफ्नो टोली बनेको बताए । साथै उनले भूटानसँगको खेलका लागि तयार र उत्साहित रहेको बताएका छन् । चपुरमा रहेको एकेडेमीका खेलाडीलाई ल्याएर तयारी गरेको उनको भनाइ छ ।
बाइट.. सुलभजंग राना, प्रशिक्षक, नेपाल यु–१६
भूटानको टोलीले लामो तयारी गरे पनि टिम खेल भएकाले नतिजा यसै हुनसक्ने आंकलन गर्न नसकिने जनाएको छ । दुवै टोलीले साफपछि नै प्रशिक्षण गरेको उल्लेख गरेको छ । भुटानको यु–१६ टोलीकी कप्तान खान्दु छोमोले नेपाल बलियो टोली भए पनि राम्रो चुनौति दिने बताइन् ।
बाइट..खान्दु छोमो, कप्तान, भूटान यु–१६
नेपालको यु–१९ टोलीले भने भूटानी टोलीसँग आईतवार मैत्रीपूर्ण खेल खेल्नेछ । यम गुरुङको प्रशिक्षणमा नेपाली टोलीले तयारी गरेको छ । दुवै खेल दिउँसो दुई बजे हुनेछन् । गत सोमवार नै नेपालको यु–१९ महिला टोली र गत मंसिर २८ गते यु–१६ टोलीको घोषणा भैसकेको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले २३ सदस्यीय यु–१६ टोली घोषणा गरेको हो । नेपाली यु–१६ टोलीको तीन गोलकिपरमा झरना डुमराकोटी, लक्ष्मी ओली र गंगा गुरुङ छन् । डिफेन्डरमा मीनमाया श्रेष्ठ, अंशु विक, ज्ञान्शु डोल्मा लो, दीक्षा रायमाझी, रेजिना लामा, मिना चन्द र एलिजा विक छन् ।
यसै उमेर समूहको मिडफिल्डरमा आशिका कार्की, कृतिशा तामाङ, आयुषा रेउले, भूमिका बुढाथोकी, सविना तामाङ, बब्तिका कार्की, डिकी स्याङ्बो, आयुषा गुरुङ, रविना विक तथा फरर्वाडमा यमकुमारी विक, पूर्णिमा थारु, पूजा गिरी र अनिता रानामगर छन् । नेपाली यु–१९ टोलीको तीन गोलकिपरमा लिला जोशी, करुण बूढाथोकी सुजाता तामाङ छन् । डिफेन्डरमा सेमिहाङ्मा लिम्बु, सीता रोकाया, गंगा रोकाया, रोजिता विष्ट, सिम्रन राई, सरिताकुमारी नाथ, माया मास्के, मिडफिल्डरमा झुमा विश्वकर्मा, विर्सना चौधरी, सुशीला केसी, भावना परियार, रेविका नेपाली, पुनम चेम्जोङ तथा फरवार्डमा कुसुम खतिवडा, समीक्षा मगर, सजिना स्याङ्तान, लिला चन्द, सुक्रिया मिया, वर्षा ओली र पूर्णिमा राई छन् । —न्युज एजेन्सी नेपाल