मल्पी इन्स्टिच्युटले शनिबार रजत जयन्ती मनाउने

.

काठमाडौँ । सन् १९९९ मा स्थापना भएको मल्पी इन्स्टिच्युटले आफ्नो २५ औं वार्षिकोत्सव ९रजत जयन्ती० भव्य रूपमा मनाउने तयारी गरेको छ। भोलि शनिबार बालुवाटारस्थित कलेज परिसरमा विविध कार्यक्रमहरू आयोजना गरिनेछ।

मल्पी इन्स्टिच्युट, युनिभर्सिटी अफ क्याम्ब्रिज, बेलायतबाट मान्यता प्राप्त तथा नेपाल सरकारको शिक्षा मन्त्रालयबाट स्वीकृत संस्था हो। २५ वर्षको यस यात्रामा शैक्षिक उत्कृष्टताको यात्रालाई निरन्तरता दिँदै, संस्थाले नेपाली र अन्तर्राष्ट्रिय शैक्षिक क्षेत्रमा महत्त्वपूर्ण योगदान पुर्‍याएको छ।

कार्यक्रमका मुख्य आकर्षणमा प्रत्यक्ष सांगीतिक प्रस्तुति, विद्यार्थीहरूको सम्मान र पुरस्कार वितरण, मनोरञ्जनात्मक क्रियाकलापहरू, र खानाका विविध परिकारका स्टलहरू रहनेछन्। बाढीपीडितहरूको सहयोगार्थ सञ्चालन गरिएको चिठ्ठाको नतिजा पनि सोही अवसरमा घोषणा गरिनेछ।

संस्थाले शिक्षक, कर्मचारी, विद्यार्थी, र अभिभावकहरूको योगदानलाई विशेष सम्मान प्रदान गर्दै यस उत्सवलाई ऐतिहासिक बनाउन योजना बनाएको छ। २५ औं वार्षिकोत्सव मल्पी इन्स्टिच्युटको समृद्ध भविष्य र शैक्षिक उत्कृष्टताको प्रतीकको रूपमा स्मरणीय हुनेछ।