प्लास्टिकको ड्रममा लुकाएर राखिएको अवस्थामा भेटियो ठूलो संख्यामा सकेट बम

.

काठमाडौं – रूकुम पूर्वको एक ओढारमा ठूलो संख्यामा सकेट बम फेला परेको छ।

सिस्ने गाउँपालिका–२ बुर्किसल्लाको जंगलमा रहेको ओढारमा कालो ड्रमभित्र ठूलो संख्यामा बम फेला परेको रूकुमपूर्व जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

बिहीबार दिउँसो ओढारमा प्लास्टिकको ड्रममा लुकाएर राखिएको अवस्थामा शंकास्पद वस्तु फेला परेकाे स्थानीयले प्रहरीलाई खबर गरेको थियो । ती बमहरू पुराना रहेकाले युद्वकालमै लुकाएर राखिएको हुनसक्ने प्रहरीले जनाएको छ ।