फेरि बढ्यो सुनचाँदीको मूल्य

.

काठमाडौं – नेपाली बजारमा आज सुनचाँदीको मूल्यमा सामान्य बढेको छ ।

 

 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहिबार प्रतितोला एक लाख २ हजार रुपैयाँ कायम भएको छापावाल सुनको भाउ शुक्रबार ६ सयले घटेर एक लाख २ हजार ६ सय रुपैयाँमा कारोबार भैरहेको छ ।

 

 

यसैगरी, तेजावी सुनको भाउ तोलाको एक लाख २ हजार १ सय रुपैयाँ निर्धारण गरिएको छ । यही बुधबार सुनको भाउ इतिहासकै सबैभन्दा उच्च मूल्यमा पुगेको थियो ।

 

 

चाँदीको मूल्य पनि आज तोलामा १० रुपैयाँको दरले बढेको छ । बिहिबार एक हजार ४०५ रुपैयाँमा कारोबार भएको चाँदी शुक्रबार एक हजार ४१५ रुपैयाँमा निर्धारण भएको छ ।