पछिल्लो २४ घण्टामा थप ७७ जनामा कोरोना पुष्टि

.

काठमाडौं – नेपालमा पछिल्लो २४ घण्टामा थप ७७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

 

 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार सार्वजनिक गरेको विवरणअनुसार पछिल्लो २४ घण्टामा ७९८१ जनामा परीक्षण गर्दा ७७ जनामा कोभिड संक्रमण पुष्टि भएको छ ।

 

 

त्यस्तै, कोरोना संक्रमणबाट थप एक व्यक्तिको मृत्यु भएको छ भने १८९ कोभिडमुक्त भएका छन् । हाल मुलुकमा सक्रिय संक्रमितको संख्या ५ हजार २१२ रहेको छ ।

No photo description available.