काठमाडौं – हामीले स्वस्थ्य रहनका लागि दैनिक ३ लिटर पानी पिउनु आवश्यक छ । बिहान उठ्ने वित्तिकै भने मन तातो पानी पिउनु स्वस्थ्यको लागि निकै फाइदाजनक मानिन्छ ।
यस्ता छन् तातो पानी खानुका फाइदाहरु–
पेटका विकार हटाउँछः
मनतातो पानीले पेटका अनावश्यक विकार र उत्तेजित पदार्थ बाहिर निकाल्न सहयोग गर्छ । शरिरको गतिविधि स्वस्थ बनाउँछ ।
पेटको दर्द हराउँछः
नियमित मनतातो पानी खाँदा पेटको विकार बाहिर आउने हुँदा पेटमा संक्रमण र दुखाईको सम्भावना न्यून हुन्छ ।
कब्जियतबाट मुक्तः
नियमित मनतातो पानी खाँदा पेट सफा गरिदिन्छ, कब्जियतको समस्या हट्छ । नियामित मन तातो पानी खाँदा पाचन प्रणालीलाई सुधार गर्छ ।
छाला चमक हुन्छः
दैनिक बिहान उठ्ने वित्तिकै मन तातो पानी पिउदा छालालाई स्वस्थ बनाउछ । अनुहारमा दाग, डन्डीफोर र चाया सम्बन्धी समस्या हराउछ ।
कपाल स्वस्थ बनाउछः
मनतातो पानीले कपालको जरा बलियो र मझबुत बनाउँछ, कपाल सुन्दर र लामो बनाउँछ ।
वजन घट्छः
दैनिक खाली पेट मनतातो पानी खाँदा शरिरको फ्याट पगालिदिन्छ जसका कारण तौल घटाउन सहयोगी मानिन्छ ।
संक्रमणबाट बचाउँछः
मनतातो पानी पिउदा रोग प्रतिरोधात्मक क्षमता वृद्धि गर्छ, चिसो खोकी जस्ता संक्रमणबाट बचाउछ ।
एसिडिटीबाट बचाउँछः
नियमित मनतातो पानी पिउदा शरिरमा एसिडिटिको सम्भावना हुदैन । खाली पेट मन तातो पानी खानु विभिन्न रोगबाट बच्नु पनि हो ।
यदि तपाईंले बिहान खाली पेटमा कागती पानी पिउनुभयो भने बढ्दो मोटोपन पनि नियन्त्रण हुन्छ । तौल घट्छ । यदि बिहान फ्रेस हुनुअघि तातो पानीमा कागतीको रस मिसाएर पिउँनुहुन्छ भने तपाईंको पेट राम्ररी सफा हुन्छ । कब्जियत पनि हुँदैन ।